हाडबासका अग्निपिडितकाे नि:शुल्क स्वास्थ्य चेकजाँच

शिवु खनाल १८ बैशाख २०८१, मंगलवार समाचार

देउखुरी । नेपाल औषधी व्यवसायी संघ दाङले हाडबासका अग्निपिडितहरूकाे स्वास्थ्य चेकजाँच गरेको छ । साेमबार संघले ६० जना अग्निपिडितहरूकाे नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको हाे ।

स्वास्थ्य चेकजाँचमा अग्निपिडितहरूमा खरानीकाे कारण आँखामा समस्या देखिएकाे छ भने केही विरामीमा ब्लड प्रेसर बढेको पाइएको छ ।

अन्यलाई पखला, टाउको दुख्ने, काेखा दुख्ने समस्या देखिएकाे नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पाैडेलले जानकारी दिए।

स्वास्थ्य चेकजाँचमा ब्लड प्रेसरका १५जना, सामान्य टाउको दुख्ने, हातखुट्टा दुख्ने, ढाड दुख्ने, १० जना, १५ जना आँखाका विरामी र जनरल २० जना बिरामीकाे नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पाैडेल र संघका वरिष्ठ उपाध्यक्ष मधुसूदन पाण्डेले नि:शुल्क स्वास्थ्य चेकजाँच गरि बीस हजार बराबरको औषधी नि:शुल्क उपलब्ध गराइएको हाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार