हातहतियार मुद्दामा अनिल श्रेष्ठ दोषी ठहर, ५ वर्ष कैद र ५० हजार जरिवना

उज्यालो प्रतिनिधि १८ बैशाख २०८१, मंगलवार समाचार

ललितपुर । हातहतियार तथा खरखजाना मुद्दामा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका अनिल श्रेष्ठ दोषी ठहर भएका छन् ।

साथीलाई फसाउने उद्देश्यले अनिल श्रेष्ठले स्कुटरमा गोलीसहितको पेस्तोल राखेका थिए । यही मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजीवन महतोका अनुसार उक्त मुद्दामा अनिल श्रेष्ठलाई ५ वर्ष कैद र ५० हजार जरिवनाको आदेश भएको छ । सोमबार न्यायधीश धनीश्वर पौडेलको एकल इजलासले सो आदेश गरेको हो ।

प्रवक्ता महतोका अनुसार सोही मुद्दामा ललितपुर लुभुकै अख्खनदास श्रेष्ठले भने सफाई पाएका छन् । ‘अख्खनदास श्रेष्ठले सो मुद्दामा सफाई पाएका छन्’ उनले भने ।

के हो, घट्ना ?
स्कुटरको डिकीमा गोलीसहित पेस्तोल बरामद भएपछि प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ का ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई पक्राउ ग¥यो । जब अनुसन्धान अघि बढ्दै गयो, गोलीसहितको पेस्तोल अर्कोले राखेको खुल्यो ।

अनुसन्धानबाट उक्त पेस्तोल ललितपुर महालक्ष्मी–८ लुभुका ४३ वर्षीय अनिल श्रेष्ठले राखेको खुलेको थियो । अनिलले प्रहरीलाई दिएको फेक सुचनाका कारण अख्खनदास श्रेष्ठ समेत प्रहरी नियन्त्रणमा बस्नुपरेको थियो ।

उनीहरु पक्राउ परेपछि भने श्यामकृष्णलाई तारेखमा छाडेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार फसाउने उद्देश्यले श्यामकृष्णको स्कुटरमा अनिल श्रेष्ठले दुई राउन्ड गोली र पेस्तोल राखेका थिए ।

‘स्कुटरमा गोली र पेस्तोल भेटियो । श्यामकृष्ण भन्ने व्यक्ति पक्राउ परे । घटना अनुसन्धान गर्दै जाँदा उनको स्कुटरमा अनिल भन्नेले गोली र पेस्तोल राखेको देखिन्छ । स्कुटर खोलेको देख्ने सुरक्षागार्डले पनि त्यही बयान दिएका छन् । सहकारीको ऋण नतिर्न, अदालतमा साक्षी बसेको इबी साँध्न अनिलले यस्तो गरेको खुलेको छ,’ तत्कालीन समयमा प्रहरीले भनेका थिउ ।

अनिल, अख्खनदास र श्यामकृष्णको ललितपुरमा सहयोगी बहुउद्देश्यीय सहकारी थियो । दोषी ठहर भएका उनै अनिल श्रेष्ठ तत्कालीन समयमा सहकारीका अध्यक्ष थिए । यही क्रममा अनिलले सर्लाहीका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएर दोस्रो विवाह गरेका थिए । प्रहरीमा उजुरी प¥यो । लगत्तै अनिल पक्राउ परे । शिवजी पीडित थिए । उनको श्यामकृष्णसँग राम्रो सम्बन्ध थियो । सोही कारण पीडित शिवजीको पक्षबाट उनी अदालतमा साक्षी बसे । जुन विषय अनिललाई मन परेको थिएन ।

अनिलले आफ्नो र परिवारका सदस्यको नामबाट सहकारीबाट दुई करोड ९५ लाख ऋण लिएका थिए । उनले सहकारीमा ऋण तिर्न बन्द गरे । रकम अनियमितता भएको सूचनापछि श्यामकृष्णले अनिललाई ऋण चुक्ता गर्न पटक–पटक भने । तर, उनले मानेनन् । दुई पक्षबीच मनमुटाव भयो । अब अनिल श्यामकृष्णलाई फसाउने षड्यन्त्र बुन्न लागे । जसमा उनले अख्खनदासलाई पनि मिसाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सहकारीको नाममा थियो, प्रदेश ३–०२–०१२प ६२४१ नं. को स्कुटर । वर्षदिनदेखि श्यामकृष्ण चढ्दै आएका थिए । सोही स्कुटरको डिकीमा पेस्तोल र गोली राख्ने योजना बन्यो । योजनाअनुसार अनिलले पेस्तोल र गोली खोजे । फेला परेपछि श्यामकृष्णको निगरानीमा जुटे । स्कुटरको दुईवटा चाबी थियो । एउटा श्यामकृष्ण प्रयोग गर्थे, अर्को अख्खनदाससँग थियो, जुन चाबी अनिलले अख्खनदासबाट लिइसकेका थिए । सोही चाबी प्रयोग गरी अनिलले स्कुटरको डिकी खोलेका थिए । र, गोलीसहितको पेस्तोल राखेका थिए । लगत्तै उनै अनिल श्रेष्ठले २५ पटकभन्दा बढी प्रहरीलाई फोन गरेका थिए ।

अनिल श्रेष्ठको फोनपछि प्रहरी घटनास्थल पुग्यो । नभन्दै स्कुटरको डिकीमा गोलीसहितको पेस्तोल फेला प¥यो । प्रहरीले श्यामकृष्णलाई पक्राउ ग¥यो । तर, अनुसन्धानका क्रममा श्यामकृष्णले पेस्तोलको स्रोत खुलाउन सकेनन् । प्रहरी अब घटनास्थलआसपासको सिसिक्यामेरा फुटेज संकलनमा जुट्यो । फुटेजको मिहिन ढंगले अध्ययन भयो । यही क्रममा अनिल श्यामकृष्ण चढ्ने स्कुटरमा पुगेको, पेस्तोल राखेको, पुनः झिकेको देखियो । घटनाको रहस्य खुलेपछि प्रहरीले अनिल श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सोही मुद्दामा अनिलले अख्खनदासलाई समेत फसाउने षड्यन्त्र गरेका थिए, तर उनले अदालतबाट सफाई पाएका छन् । अनिललाई भने ५ वर्ष कैद र ५० हजार जरिवनाको सजाय भएको छ ।

उनीविरुद्ध अपराधिक विश्वासघात र ठगीसहित अन्य दर्जनौँ मुद्दा समेत चलिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार