कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

उज्यालो प्रतिनिधि १८ बैशाख २०८१, मंगलवार विश्व

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ ।

हेलिकप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दुःखद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लान विरुद्ध कारबाही गरिरहेको बताए । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार