आगलागीले गाउँ नै रित्तियो, २४ घर पूर्ण जले, प्रभावितको बिचल्ली

शिवु खनाल १७ बैशाख २०८१, सोमबार उज्यालो फोकस

देउखुरी । आइतबार बिहान लागेको आगो खरको छाना भएका कारण सबै घरमा एकैछिनमा फैलिएको थियो । गाउँमा युवा तथा पानीको अभावले आगो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति भएको हो । यहाँका सबैजसो युवा कामको खोजीमा बाहिर गएका छन् । गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्रै छन् ‘अधिकांश युवा रोजगारीका लागि भारत लगायत अन्य देश गएका छन् । गाउँमा केटाकेटी, महिला र अशक्त मात्रै छौँ, लमही नगरपालिक वडा नम्बर ९ हात्तिखाल निवासी दिनेश केसीले भने,–। ‘युवा गाउँमै भइदिएको भए आगो चाँडै नै नियन्त्रणमा आउने थियो ।

पीडितलाई गाँस र वासको समस्या भएको छ ।’ घरसँगै अन्न र लत्ताकपडा पनि नष्ट भएपछि चिसोमा आगलागीपीडितलाई खानबस्नको समेत समस्या भएको छ  । २४ घरका ९२ सदस्य छन् । यीमध्ये पुरुष ३९, महिला ५३, सय १२ जना बालबालिका छन् । उनीरूले विहान ११ बजेदेखि देखि दिनभर खान नपाएको स्थानिय दिनेश केसीले बताए। बेलुकाको खाना खुवाउन स्थानिय सरकारले खाद्यान्नको जोहो गरेको उहाँले बताउनुभयो । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घर मध्य २४ घर घरमा क्षति पुगेको छ ।

घर पूर्णरुपमा जलेर खरानी भएको उनले जानकारी दिए । वडाध्यक्ष वलीका अनुसार आइतवार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । त्यसपछि पश्चिमबाट पूर्वतर्फ रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी सिता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो । जलेका अधिकांश घर काठले बनेका र खरका छानो भएका थिए । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको बताइन्छ । आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी सिता भण्डारी, कृष्ण देवि ऐरी, विशाल बुढा, नरेश थापा, अर्जुननाथ योगी, रुपनाथ योगी, धरम डाँगी, टेकबहादुर डाँगी, सालिक राम डाँगी, खेमराज डाँगी, खिमलाल खत्री, मनिनाथ कवर, लालबहादुर केसी, भरत केसी, दामोदर भण्डारी, लोकबहादुर भण्डारी, दुर्गा बोहरा, चन्द्रविर कुमाल, यमबहादुर कुमाल, भागीनाथ कुवर, इन्द्रबहादुर वली, बिमला वली, भिमि बोहरा, कमल केसीको घर पूर्णरुपमा जलेर खरानी भएको छ ।

आगलागीबाट घरमा रहेको पशुचौपाय, गाइ, भैसीँ, बाख्रा, नगद पैसा, गरगहना, काठ दाउरा सबै जलेर नष्ट भएको छ । यता इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार हाडबासमा भएको आगलागीबाट लाखौँको रुपमा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट आवासबीहिन भएकाहरु बिचल्लीमा परेका छन् । धनमाल नष्ट भएका व्यक्ति अति गरिब र विपन्न परिवार हुन् । उनीहरुका लागि खाने र बस्ने दुवै समस्या भएको छ । आगलागीबाट कुनै पनि मानवीय र पशुको क्षति नभएको प्रहरीले जनाएको छ । आगो निभाउन लमही नगरपालिकाको एउटा दमकल ल्याइएको थियो । आगो निभाउन स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आएको छ । दिउँसो ११ बजेको समयमा लागेको आगो साँझ ६ बजेपछि नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएसँगै सरकारी निकाय र स्थानीयहरु प्रभावितको व्यवस्थापनमा लागेका छन् ।

आगलागी नियन्त्रणका लागि समेत दमकल लगायतका उपकरण र जनशक्तिको अभाव महसुस भएको मटिहानी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताए । दक्ष जनशक्ति हामीकहाँ थिएन । दमकल पनि टाढाबाट ल्याउनुप¥यो । ठूलो क्षेति भइसकेपछि आगो नियन्त्रणमा लियौं, उनले भने,–। ‘अझ ठूलो मानविय क्षेति हुनबाट रोक्यौं । स्थानीय वडा सरकार र सुरक्षा निकायले सक्दो गरेका छन् ।’ राहत लगायतका विषयमा प्रदेश सरकारबाट आश्वासन आएको तर, ठोस केही नभइसकेको वडाध्यक्ष वलीले बताए ।संघीय सरकारसँग कुनै समन्वय आफूहरुको नरहेको पनि उनले दुःखेसो गर्नुभयो । ‘लुम्बिनी प्रदेशका सांसद इन्द्रजीत थारुदे आश्वासन दिनुभएको छ । प्रदेशबाट अग्निपीडितलाई प्रति घर ४० हजारका दरले लुम्बिनी प्रदेश सरकारले राहात स्वरुप रकम उपलब्ध गराउने लुम्बिनी प्रदेश सांसद इन्द्रजीत थारुले बताए । दुःखमा प्रदेश सरकार र संघ सरकारले सम्झिएला भन्ने अपेक्षा छ ।’ हाडबास गाउँमा तत्काल आवास र खानपासको समस्या भएको उनले बताए ।

केही खाने कुरा नजिकका टोलबाट आएका छन् । तर, कतिले पाउँछन पाउँदैनन् त्यो भन्न सकिँदेन, उनले भने। गर्मी याम लागेसँगै देशका बिभिन्न क्षेत्रमा आगलागिका घटनाहरु बढेका छन् । जिल्लाका विभिन्न ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । आगलागी भएका क्षेत्रमा स्थानीय सरकारले उपस्थिति जनाएको छ । तर, स्थानीय सरकारसँग विपद्का बेला त्यसलाई नियन्त्रणमा लिनसक्ने दक्ष जनशक्ति र स्रोतसाधन नभएको स्थानीय सरकारको गूनासो रहँदै आएको छ । सरकारी तथ्याङ् अनुसार ७५३ स्थानीय तहमध्ये ६३१ वटासँग दमकल समेत छैन । यस्तो अवस्थामा प्रदेश र संघीय सरकारले सक्रियता देखाउनुपर्ने हुन्छ । तर, नागरिकको दुखःमा प्रदेश र संघ सरकार बेखबर रहेको आगलागी र डढेलो प्रभावितहरुको दुःखेसो छ । राजपुर र राप्ती गाउँपालिकासंग पनि दमकल छैन ।

यसरी भयो आगलागी

गाउँको सबैभन्दा तल रहेको सिता भण्डारीको घरबाट आगो सल्किएको थियो । घना बस्ती रहेको भण्डारीकोबाडामा हावाहुरी धेरै चल्ने भएका कारण अन्य घरमा पनि क्षणभरमै आगो फैलियो । खरका छानामा हुर्हुर्ती सल्किएको आगो नियन्त्रणमा लिन स्थानीय असफल भए । नजिकै पानी नहुँदा पनि समस्या परेको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी स्थानीय अग्निपीडित खिमलाल खत्रीले बताए।

गोरखा स्कुलले २५ हजार बराबरको राहात पठाउने
आइतवार भएको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा अग्निपीडीतलाई लमहीमा रहेको गोरखा मोर्डन सेकेण्डारी स्कुलले राहात पठाउने भएको छ । विद्यालयका प्राचार्ज लोकमान रिजालले सोमबार हाडबासका अग्निपीडीतलाई विद्यालयको तर्फबाट २५ हजार बराबरको राहात उपलब्ध गराउने जानकारी दिए । उनले आगलागी भएर बिचल्लीमा परेका अग्निपीडलाई राहात स्वरुप विद्यालयको तर्फबाट २५ हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार