दुबै मृगौला फेल र एचआईभी पोजिटिभ भएका रमितद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

उज्यालो प्रतिनिधि १६ बैशाख २०८१, आईतवार समाचार

महाभारत ,छोटेसाहन । दुवै मृगौला फेल भए का काभ्रे जिल्ला डाँडापारी महाभारत –१ गोकुले, छोटेसहानका रमित थिङले उपचारका लागि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

बिगत २ बर्षदेखी दुबै मृगौला फेल भएर उपचार गराउदै आएका २३ बर्षिय रमितलाई एचआईभी पोजेटिप भएपछि थप उपचार खर्च लाग्ने र परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।

रमितले हाल काठमाडौंको टिचिङ अस्पतालमा उपचार तथा हप्ताको २र३ पटक डायलासिस गरिरहेको बताएका छन् । उनलाई उपचारकै क्रममा करिब ६ महिना अगाडि देखि एचआईभी पोजेटिप देखिए पछि थप औषधी सेवन गर्नु पर्ने भएकोले आर्थिक समस्या भएको उनका दाई सविन थिङले बताए ।

रमितको दुवै मृगौला फेल मात्रै होइन एचआईभी पनि पोजेटिप देखिए पछि अहिले उनी जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् । कलिलै २१ बर्षको उमेर देखि नै दुवै मृगौला फेल भएका उनी राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसाँधमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

६२ बर्षीय आमा लक्ष्मी माया थिङको कोखबाट कान्छो छोराको रूपमा जन्मिएका रमित थिङले गोकुले मा।वि। बाट १२ पास गरि नेपालमा रोजगारी नभए पछि वैदेशिक रोजगारीमा जाने तयारी थियो । बुवा रमित गर्भमा हुदै मृत्यु भएको हुन भने एक दिदी जनयुद्धमा सहिद भएको थियो ।

रमित थिङ बचाउ अभियानले विभिन्न देश तथा विदेशमा रहेका सहयोगी मनबाट भएको आर्थिक संकलनले हाल सम्म उपचार गरि रहेको र रोग थप भएकोले संकलन भएको र घरको पनि पैसा सकिएकोले हाल आर्थिक समस्या भएको परिवारजनको भनाई छ ।नयाँ जीवनको आशामा बाँचिरहेका पिडित थिङले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका थिङको आर्थिक अवस्था निकै कमजोर र एचआईभी पोजेटिप भए थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य कृषक परिवारमा जन्मिएका थिङले भर्खरै पढाई सकेर घरको आर्थिक अवस्थ हेरेर वैदेशिक रोजगारीमा जाने तयारी थियो । तर बिडम्बना दुबै मृगौला फेल र त्यहि माथि एचआईभी पोजेटिप भएपछि अहिले उनी समस्या मा छन् ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

दुबै मृगौला फेल र एचआईभी पोजेटिप थिङलाई सहयोग गर्न चाहानेले रमित थिङको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१४११६१२६३२०५००१ मा जम्मा गरिदिन वा ९७६२३४२४०३ र ९८४७७४७१०८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार