बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उज्यालो प्रतिनिधि १६ बैशाख २०८१, आईतवार अर्थ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० र तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार