खानिखोला वडा न: ७ मिल्चेमा एकै दिन मिटर बक्स वितरण तथा आँखा शिविर सम्पन्न

उज्यालो प्रतिनिधि १४ बैशाख २०८१, शुक्रबार बागमती

मिल्चे । खानिखोला गाउँपालिका वडा न: ७ मिल्चेमा मिटर बक्स वितरण तथा आँखा शिविर सम्पन्न भएको छ । गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै जनताको समस्यालाई मध्य नजर गरी अहिले विभिन्न किसिमका आँखाको रोगीहरु धेरै देखा परे पछि खानिखोला ७ मिल्चेमा पनि काठमाडौ तिलगंगा अस्पतालको सहाकार्य र खानिखोला ७ को समन्वयमा मिल्चेमा २०० भन्दा बढी आँखा जाँच गरी दीर्घकालीन समस्याको बारे आवश्यक सुझाव सहित सामान्य आँखा रोगिलाई औषधी नि:शुल्क बितरण गरीएको छ ।

काठमाडौ देखि नजिकै भएको गाउँपालिका भएतापनी केन्द्रीय लाईन नजोडिएको खानिखोला वडा न: ७ मा जम्मा ५०९ घर धुरी भएकोमा हाल वडा कार्यलयमा निवेदनको आधारमा केन्द्रिय लाईनको मिटर बक्स २०३ जनाले मिटर बक्स प्राप्त भएकोहरुलाई पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ)ले वितरण गरेका हो ।

कार्यक्रममा उपस्तिथि सम्पुर्ण वडाबासीहरु सदबाहार जनताको समस्या समाधान र उपचारमा लाग्ने वडाबासीहरुले जिताएका र चुनावी अभियानमा दिएको प्रतिबद्धता साथ अघि बढेर काम गर्ने, जनताको समस्या समाधानमा लाग्ने वडा अध्यक्ष राम मोक्तानले बताएको थियो । मिटर बक्स ल्याउनका लागि सहजीकरण गर्नु हुने खगेन्द्र खुलाल , बिष्णु थापा, वडा सचीव लगाएत सम्पुर्णमा धन्यवाद दिए ।

खानिखोलामा ७ वटा वडा मध्ये केही वडामा मिटर बक्स वितरण गरी बती बलिसकेको छ भने केही वडामा मिटर बक्स जोड्न बाँकी रहेका छन् । बाँकी वडामा भने केन्द्रिय लाईनको काम तीब्र गतिमा भइरहेको पालिका अध्यक्षले बताए । मिल्चे स्वास्थ्य चौकीको समन्वयमा आँखा शिबिरको लागि काठमाडौ तिलगंगा अस्पतालबाट अनिशा जोसि,अनिल पण्डित,हिकमत हिमाल खटिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार