अम्ब्रेला प्रतिक्षालय ग्रीनपार्कलाई हस्तान्त्रण

उज्यालो प्रतिनिधि १४ बैशाख २०८१, शुक्रबार समाचार

सुस्मा नेपाली देउखुरी ।जैविक विविधता ग्रीनपार्क भित्र निर्माण गरिएको अम्ब्रेला प्रतिक्षालयको उद्घाटन गरिएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बिच उक्त अम्ब्रेला प्रतिक्षालयको हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेशहादुर थापाले उद्घाटन गर्नुभएको हो । अम्ब्रेला प्रतिक्षालय हरियाली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा ग्रीनपार्क भित्र निर्माण गरेको थियो । उक्त अम्ब्रेला प्रतिक्षालय अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्कलाई हस्तान्त्रण गरिएको हो ।

हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेमशबहादुर थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सहकारी डिभिजनका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश गृहमन्त्रालयका सहकारी प्रमुख कालीदास बसेलको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा हरियाली बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, लमही नगरपालिका प्रशासन प्रमुख तथा सहकारी इञ्चार्ज महेश थापा लगायतक वक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले नगर क्षेत्रको केन्द्र विन्दुमा रहेका पार्क निर्माण तथा व्यवस्थापनमा सबैले चासो दिनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले पार्कभित्र पर्यापर्यटन आकर्षणको लागि निर्माण गरिएको ग्रीनपार्कमा अम्ब्रेला प्रतिक्षालय निर्माण गरि हस्तान्त्रण गरेको प्रति धन्यवाद प्रकट गर्दै, आगामी दिनहरुमा यसै संस्था लगायत अन्य संघसंस्थाहरुलाई पनि यस ग्रीनपार्कमा समग्र पार्कको विकासको लागी हातेमालोका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । सहकारी संसथाका उपाध्यक्ष निलबहादुर रोकाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाकी राधा पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार