सुन्दरहरैचा (मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उनले नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो । उनीलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।