कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हु्न् । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए।
गत चैत २७ गते नेकपा ९एमाले० प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।