काठमाडौं । शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिको समूह र नेविसंघ विच झडप भएको छ । स्ववियु सभापतिको संलग्नतामा आर्थिक अनियमितता भएको भन्दै नेविसंघले क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु सभापति सुशान्त बस्नेतको समूहले रोक्न खोज्द नेविसंघका कार्यकर्ताहरुले बस्नेत माथि आक्रमण गरेको क्याम्पस स्रोतले जनाएको छ ।
क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु सभापति सुशान्त बस्नेतको मिलेमतोमा आर्थिक अपचलन भएको भन्दै नेविसंघ,अखिल क्रान्तिकारी , अखिल लगायतका विद्यार्थी संगठनहरुले छानबिनको माग समेत गरेका थिए ।
स्रोतका अनुसार हुदै नभएको भलिबल प्रतियोगिताको नाममा स्ववियु सभापति बस्नेतको सिफारिसमा नेविसंघको लेटरहेड दुरुपयोग गरि २०८० भदौ २० देखि २५ गतेसम्म बास्केटबल प्रतियोगिता भएको भन्दै बीबीए दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको खातामा रकम भक्तानी गरेको थाहा पाएपछि विवाद सुरु भएको थियो ।
स्ववियु सभापति बस्नेतले क्याम्पस प्रमुखलाई भगाएर रोक्न खोजेपछि नेविसंघका कार्यकर्ताहरुले बस्नेत माथि हातपात गरेका थिए ।
स्रोतका अनुसार सभापति बस्नेतले क्याम्पस प्रशासनको मिलेमतोमा अन्य विद्यार्थी संगठनहरुलाई औपचारिक कार्यक्रमहरु गर्न नदिने तथा लामो समयदेखि लाखौं रुपैयाँ हिनामिना गर्दै आएको थियो । यसपटक भने कार्यक्रम नै नगरी बास्केटबल प्रतियोगिताको नाममा ४ लाख १७ हजार २४५ रुपैयाँ भुक्तानी लिएको थाहा पाएपछि बस्नेतको कालो कर्तुत छताछुल्ल भएको छ । बस्नेत नेविसंघबाट सभापतिमा निर्वाचन भएको थियो ।