आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल

उज्यालो प्रतिनिधि १२ बैशाख २०८१, बुधबार समाचार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रुपमा लिइएको बताएका छन्ु ।

यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उनको भनाइ छ ।

नेता खनालले लामो समयदेखि जनताको सङ्घर्षबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताए ।

पुँजीवादी जनवादी क्रान्ति भएको दुई दशक पुग्नै लागेको उल्लेख गर्दै उनले भने, “यस अवधिमा जनतामाथिका पुँजीवादी शोषण र उत्पीडनहरु झन् भयावह बन्दै गएका छन सैनिक, जातीय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दैछन् ।”

राष्ट्रिय उत्पादन बढ्न नसकेकाले राष्ट्रिय अर्थतन्त्र पराधीन बन्दै गएको, भ्रष्टाचार, अनियमितता र व्यथितिहरू विकराल बन्दै गएकोले हरेक दिन हजाराँै सङ्ख्यामा युवा जनशक्ति विदेशिनुपर्ने दुःखद् अवस्था सिर्जना भएकामा उहाँले चिन्ता व्यक्त गरे ।

पुँजीवादी वित्तिय शोषण फैलिँदै गएको अवस्थामा समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता रहेको उनले बताए । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म गरिने नेकपा ९एकीकृत समाजवादी० पार्टीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार