चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

उज्यालो प्रतिनिधि ११ बैशाख २०८१, मंगलवार विश्व

गुआङझोउ । दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ ।

चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान छ बजेसम्म बेपत्ताहरूको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

विशेषज्ञहरूले तुरुन्तै पुलको प्रारम्भिक मूल्याङ्कन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जलक्षेत्रमा ट्राफिक नियन्त्रण लागु गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार