काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

उज्यालो प्रतिनिधि ११ बैशाख २०८१, मंगलवार समाचार

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह तामाङले बताए । सो ठाउँमा करिब ६० घरधुरी बौद्धमार्गी तामाङको बसोबास छ । तामाङका अनुसार त्यहाँ धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण धार्मिक तथा पितृकर्म गर्न समस्या भइरहेको थियो । त्यही समस्यालाई मध्यनजर गरी प्रगति युवाक्लब गठन गरेर छ्योर्तेन निर्माण गरिएको उनको भनाइ छ ।

“विनाबजेटमा गाउँमाथि रहेको चिहानघाटमा बनाएका अधुरा संरचना निर्माणका काम सुरू ग¥यौँ । त्यसका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग पनि जुटायौँ । श्रमदानबाट जगको फाउण्डेशन तयार गरी छ्योर्तेन निर्माणको काम आधाउधी पुगेपछि नगरपालिकाबाट समेत बजेट विनियोजना भएपछि सम्पूर्ण कार्य गर्न सहज भयो”, तामाङले बताए ।

धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्यले तामाङ समुदायको बाहुल्यता रहेको सो बस्तीका युवाले थालनी गरेको काममा नगरपालिकाबाट रु सात लाख ५० हजार सहयोग गरिएको बताए ।

सो संरचना निर्माणका लागि हालसम्म रु ११ लाख खर्च भइसकेको र यही वैशाखमा पर्ने बुद्धजयन्तीको अवसर पारेर उद्घाटन गर्नेगरी अन्तिम चरणका काम भइरहेका ‘बोधि चैत्य ज्याङ्छ्युक छ्योर्तेन’ निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ तामाङले जानकारी दिए ।

बुद्धको चित्तको स्वरुप मानिने छ्योर्तेनलाई बौद्धमार्गीहरुले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् । भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार