शंकरदेवमा नेविसंघको बदमासी ! नक्कली विल पेस गरि लाखौं रुपैयाँ हिनामिना

उज्यालो प्रतिनिधि ११ बैशाख २०८१, मंगलवार उज्यालो फोकस

काठमाण्डौ । शंकरदेव क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई आर्थिक हिनामिना गरेको गम्भीर आरोप लागेको छ । क्याम्पस प्रमुख र लेखा प्रमुख सहितको संलग्नतामा नक्कली विल पेस गरि आर्थिक हिनामिना गरेको पाएपछि अन्य विद्यार्थी संगठनहरुले क्याम्पसको आर्थिक विवरण २४ घन्टा भित्र उपलब्ध गराउन अल्टिमेटम दिएको छ ।

आर्थिक अपचलनको आरोप लगाउँदै अनेरास्ववियु, लगायतका विद्यार्थीहरूले कुर्सी फालिदिएपछि घट्ना बाहिर सार्वजनिक भएको हो ।क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य र लेखा प्रमुख सुद्धर्शन थापाको मिलेमतोमा ४ लाख ६८ हजार रुपैयाँ बीबीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको नाममा झिकेको आरोप छ ।

नेविसंघको लेटरहेड प्रयोग गरि नक्कली कार्यक्रम देखाई रकम झिकेको विषयलाई पटकपटक क्याम्पस प्रशासनसंग विद्यार्थीको जवाफ माग्दा प्रशासन मौन बसेपछि एमाले निकट अनेरास्ववियु अध्यक्ष बालकृष्ण खड्का ले क्याम्पस प्रमुख र आर्थिक प्रमुख को कुर्सी फालेको अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र जिसिले बताए ।

नेविसंघको लेटरहेड प्रयोग गरि रकम झिकेको सूचना सार्वजनिक भएपछि नेवि संघ शंकरदेवका अध्यक्ष सन्देश खाण्डले एक वक्तव्य जारी गर्दै नेवि संघले नगरेको बास्केट बल प्रतियोगिताको नक्कली व्यहोरा पेस गरि भएको गैरकानुनी काममा संलग्नतालाई कारबाहीको माग गरेका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले क्याम्पस सभापति सुसान सिंह बस्नेतको सिफारिस आएपछि क्याम्पस प्रशासनले भुक्तनी दिएको स्वीकार गरेका छन् । उनले थप भने  हामीसँग सबै प्रमाण छ, कार्यक्रम सम्पन्न भएको स्ववियुको सिफारिस आएपछि भुक्तानी दिनु क्याम्पस प्रशासनको दायित्व हो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार