कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

उज्यालो प्रतिनिधि १० बैशाख २०८१, सोमबार मुख्य नेटवर्क

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्।

‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए ।

“उनको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।”

दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये उहाँ एक भएको स्मरण गरे ।

चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिष्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गर्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिए । मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको उनले बताए । निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार