गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रमलाई प्रतिनिधि सभाकी उप-सभामुख ईन्दिरा राना मगरले दीप प्रज्ज्वल गर्दै उद्घाटन गरेकी थिइन्। विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ सहभागी रहेका थिए। प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए। सर्वोत्कृष्ट पप गीतको अवार्ड गायक सरगम राईले जितेकी छिन्। त्यस्तै पप गीतबाटै सर्वोत्कृष्ट मोडल पुरुषतर्फ शिरेश थापा,महिलातर्फ शुशिला तामाङ,शब्द रचनातर्फ रोजन लामा र सर्वोत्कृष्ट निर्देशकमा लोकेन्द्र तामाङले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै लोक दोहोरीतर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड कमला थापा,सर्वोत्कृष्ट लोक दोहोरी(महिला) मोडलको अवार्ड रितु तामाङ र सर्वोत्कृष्ट लोक दोहोरी मोडल(महिला,पब्लिक च्वाइस)को अवार्ड नारायणीले जितेका छन्। यसैगरी सर्वोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड रामहरि भण्डारीले हात पार्दा गायक यमन खनालले सर्वोत्कृष्ट लोक दोहोरी गायक पब्लिक च्वाइसको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट लोक दोहोरी कम्पोजरमा मदन नेपाली सुफिक्स,सर्वोत्कृष्ट लोक दोहोरी नव मोडलमा पुरुषतर्फ राम कुमार गजमेर,सर्वोत्कृष्ट देउडा गायकमा गोर बहादुर कार्की,सर्वोत्कृष्ट सालैजो गायिकामा पार्वती थापा र सर्वोत्कृष्ट सालैजो निर्देशकमा सिताराम रानाले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक(तामाङ चलचित्रबाट)को अवार्ड राज किङ वाइबा९सुक बहादुर तामाङ०ले जितेका छन् भने सर्वोत्कृष्ट नायकको अवार्ड(तामाङ चलचित्रबाट) सोनाम तामाङ र सर्वोत्कृष्ट नव नायिकाको अवार्ड संगिता तितुङले जितेका छन्। तामाङ चलचित्रबाटै सर्वोत्कृष्ट छायांकारको अवार्ड सन्चु थोकर तामाङलाई र सर्वोत्कृष्ट सह(निर्देशकको अवार्ड रेशम कुमार श्याउली तामाङलाई प्रदान गरिएको छ।

त्यसैगरी ङिमा घेल लामा शेर्पाले शेर्पा गीतमार्फत सर्वोत्कृष्ट गायकको अवार्ड जितेका छन्। सेलो गीततर्फ सर्वोत्कृष्ट महिला मोडलको विजेता मनिका सिन्ताना तामाङ,सर्वोत्कृष्ट महिला नव मोडल यमुना मगर,सर्वोत्कृष्ट पुरुष नव मोडल उपेन्द्र खड्का,सर्वोत्कृष्ट पुरुष मोडल अमृत तामाङ,सर्वोत्कृष्ट शब्दकार स्व।लिलि योन्जन,सर्वोत्कृष्ट गायक जोगलाल तामाङ,सर्वोत्कृष्ट गायिका विपना तामाङ र सर्वोत्कृष्ट गायक प्रकाश वाइबा ले अवार्ड प्राप्त गरेका छन्।

आधुनिक गीततर्फ प्रचण्ड बाबु राईले सर्वोत्कृष्ट गायक,निता आचार्यले सर्वोत्कृष्ट गायिका,भिम बहादुर मगरले सर्वोत्कृष्ट गायक(नेपाली आइटम),प्रिति रिमालले सर्वोत्कृष्ट गायिका(पब्लिक च्वाइस),शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार,कृष्ण क्षेत्री(नेपाली मान्छे)ले सर्वोत्कृष्ट रचनाकार र गोविन्द सोनीले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जितेका छन्।

त्यसैगरी म्हेन्दोमाया गीततर्फ रमेश गोम्जाले सर्वोत्कृष्ट गायकको अवार्ड जित्दा रिचा ब्लोनले सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट नव गायिकामा सन्जु लामा,सर्वोत्कृष्ट मोडल महिलामा ममता तामाङ,सर्वोत्कृष्ट मोडल महिला(पब्लिक च्वाइस)मा सुनिता तामाङ,सर्वोत्कृष्ट महिला मोडल(जुरी अवार्ड) ननिता तामाङ,सर्वोत्कृष्ट नव गायिका(जुरी अवार्ड)मा मिना तामाङ,सर्वोत्कृष्ट पुरुष मोडलमा दुर ब्रेब गुरुङ,सर्वोत्कृष्ट निर्देशकमा एम।बी। गुरुङ र सर्वोत्कृष्ट नव गायकमा सुर्य लामाले अवार्ड जितेका छन्। सो कार्यक्रममा ४७ विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डको निर्णायक मण्डलमा डिका गुरुङ,राजु खड्का,विजेन्द्र नौबागे,रोशन फ्युबा तामाङ,जित बहादुर पुन(जि पुन) र निरेन श्रेष्ठ थिए।

कार्यक्रममा गीत संगीत र चलचित्रमा योगदान पुर्‍याएका विभिन्न विधाका अग्रज कलाकारहरुलाई सम्मान गर्दै सम्मान पत्र वितरण गरिएको थियो। सम्मानित हुनेहरुमा लोकप्रिय गायक तथा संगीतकार यम बराल, रोहित अधिकारी,मर्नेन तामाङ,म्हेन्दोमाया गायक आरम्भ तामाङ, काले तामाङ,गायक उत्सब सुब्बा लामा,माधव भण्डारी,गोपाल दयाल,गायिका रमला पाखृन तामाङ,विशाल योन्जन तामाङ लगायत थिए। गत चैत्र २५ गते थाइल्यान्डको पतैया शहरमा यस ग्राण्ड फिनालेको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

अवार्ड विजेता कलाकारहरुको नाम र विधाको सूची :
पप गीत विधातर्फ
सरगम राई – सर्वोत्कृष्ट पप गित गायक
रोजन लामा – सर्वोत्कृष्ट रचनाकार (शब्द) पप गीत
शिरेस थामा – सर्वोत्कृष्ट मोडल (पुरुष) पप गीत
सुशिला तामाङ – सर्वोत्कृष्ट मोडल (महिला) पप गीत
लोकेन्द्र तामाङ – सर्वोत्कृष्ट निर्देशक पप गीत

लोक दोहोरी विधातर्फ

कमाला थापा – सर्वोत्कृष्ट लोक दोहोरि गायिका
रितु तामाङ – सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला )
नारायनी खत्री– सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला ) पब्लिक च्वाईस
राम हरि भण्डारी – सर्वोत्कृष्ट लोक दोहोरि गायक
यमन खनाल – सर्वोत्कृष्ट लोक दोहोरि गायक पब्लिक च्वाईस
मदन नेपाली सुफिक्स – सर्वोत्कृष्ट लोक दोहोरि कम्पोजर
राम कुमार गजमेहर – सर्वोत्कृष्ट लोक दोहोरि नव मोडल ( पुरुष )
गोर ब. कार्की – सर्वोत्कृष्ट देउडा गायक
पार्वती थापा – सर्वोत्कृष्ट सालैजो गायिका
सिताराम राना – सर्वोत्कृष्ट सालैजो निर्देशक

चलचित्र ( नेपाली/ तामाङ ) विधातर्फ
राज किङ बाईबा ( सुक ब. तामाङ) – सर्वोत्कृष्ट निर्देशक ( तामाङ चलचित्र )
सन्चु थोकर तामाङ – सर्वोत्कृष्ट छायांकार ( तामाङ चलचित्र )
सोनाम तामाङ – सर्वोत्कृष्ट नायक ( तामाङ चलचित्र )
संगीता तितुङ – सर्वोत्कृष्ट नव नाीयका ( तामाङ चलचित्र )
रेशम कुमार श्याउली तामाङ – सर्वोत्कृष्ट सह–निर्देशक ( नेपाली चलचित्र )

तामाङ गीत / शेर्पा गित/ सेलो गित विधातर्फ

ङिमा घेलु लामा शेर्पा – सर्वोत्कृष्ट गायक ( शेर्पा गीत )
मनिका सिङतान तामाङ – सर्वोत्कृष्ट महिला मोडल ( सेलो गीत )
यमुना मगर – सर्वोत्कृष्ट महिला नव मोडल ( सेलो गीत )
उपेन्द्र खड्का – सर्वोत्कृष्ट पुरुष नव मोडल ( सेलो गीत)
अमृत तामाङ – सर्वोत्कृष्ट पुरुष मोडल ( सेलो गीत)
स्व. लिलि योन्जन – सर्वोत्कृष्ट शब्दकार ( सेलो गीत )
जोगलाल तामाङ – सर्वोत्कृष्ट गायक ( सेलो गीत )
विपना तामाङ – सर्वोत्कृष्ट गायिका ( सेलो गीत )
प्रकाश वाईबा – सर्वोत्कृष्ट गायक ( तामाङ गीत )

आधुनिक गीत विधातर्फ
प्रचण्ड बाबु राई – सर्वोत्कृष्ट गायक ( आधुनिक गीत )
भिम ब. मगर – सर्वोत्कृष्ट गायक ( नेपाली आईटम गीत )
निता अचार्य – सर्वोत्कृष्ट गायिका ( आधुनिक गीत )
प्रिती रिमाल – सर्वोत्कृष्ट गायिका ( आधुनिक गीत ) पब्लिक च्वाईस
शंकर थापा (स्माइल) – सर्वोत्कृष्ट संगीतकार ( आधुनिक गीत )
कृष्ण क्षेत्री (नेपाली मान्छे ) – सर्वोत्कृष्ट रचनाकार (आधुनिक गीत )
गोविन्द सोनी – सर्वोत्कृष्ट ध्वनी मिश्रण ( आधुनिक गीत )

तामाङ म्हेन्दोमाया गित

रमेश गोम्जा – सर्वोत्कृष्ट गायक ( म्हेन्दोमाया गीत )
रिचा बुलुन – सर्वोत्कृष्ट गायिका ( म्हेन्दोमाया गीत )
सन्जु लामा – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गीत )
ममता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत )
सुनिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत ) पब्लिक च्वाईस
ननिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत ) जुरी अवार्ड
मिना तामाङ – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गीत ) जुरी अवार्ड
दुर ब्रेब गुरुङ – सर्वोत्कृष्ट मोडल पुरुष ( म्हेन्दोमाया गीत )
एम. बी गुरुङ – सर्वोत्कृष्ट निर्देशक ( म्हेन्दोमाया गीत )
सुर्य लामा – सर्वोत्कृष्ट नव गायक ( म्हेन्दोमाया गीत )
मरिचमान तामाङ– सर्वोत्कृष्ट गायक (म्हेन्दोमाया गीत) जुरी अवार्ड

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार