देउखुरी । बूढेसकालमा शरीरमाजोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । कामगर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ ।
सरकारले प्रदानगर्ने सामाजिक सुरक्षा भत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षा भत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ । तर, लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी अन्दाजी ८७ वर्षीय वीरबहादुर बोटेले केही समय अगाडि सामाजिक सुरक्षा भत्ता बुझ्नु भयो । कच्ची घरका खरका छाना हटाएर जस्तापाताले घर छाउने भन्दै केही एैलानी जग्गा समेत पनि विक्री गरे । सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले जस्तापाता किन्न रकम अपुगे हुनेभएपछि उनले आफ्नो केही एैलानी जग्गा विक्री गर्नुभएको हो । तर उहाँको त्यो सपना सदाका लागि अधुरो रयाँै ।
८७ वर्षको बुढ्यौली शरीर, मध्य जाडोमा पनि जिउमा गतिला कपडा हुदैन थियो ।
बास थियो झिक्राले बारेको टहरोमा । घेराबारा गतिलो नरहेको र छानो समेत छाउने सामर्थय नहुँदा रातभरिको सिरेटोले कक्रेरै रात कटाउनुपर्ने बाध्यताथियो । बिहिवार दाङको लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी अन्दाजी ८७ वर्षीय बिरबहादुर बोटेको आँगलागी हुदाँ जलेर मृत्यु भयो । दुई घरगोठ जलेर नष्ट भएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बोटेको घरबाट फैलिई नजिकै रहेको बिरबहादुर बोटे र एक गोठ जलेर पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठे जानकारी दिए । केटाकेटी सलाईसंगै खेल्ने क्रममा घरमा एक्कासी खरको छानोले छाएको जितबहादुर बोटेको घरमा आगलागि भएको थियोे ।आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ ।
बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षा भत्ताले सहयोग गरेको छ । सानोतिना खर्च गर्नका लागि छोरा बुहारीसँग पैसा माग्नुपर्दैन । बूढेसकाल लागेपछि बिरामीहुँदा ऋण खोज्नुपर्दैन । उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा वीरबहादुर बोटे निकै खुसि हुनुहुन्थ्यो । मृतक बोटेका छोरा गोविन्द बोटेले भने,–। ‘बुवाले त्यो पैसा खरका छाना हटाएर जस्तापाताले घर छाउने योजनामा हुनुहुन्थ्यो । बिहिवार बुवाले हामीलाई सदाका लागी छाडेर जानुभयो ।’ यो घटनाले मृतक परिवारका बोटे समुदाय मात्रै नभएर सिङ्गो देउखुरी क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई आफ्नै जिन्दगी यतिबेला बोझ बनेको छ । ०७४ मा दाङ निर्वाचन क्षेत्र नं. १ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा मेटमणी चौधरी निर्वाचित हुनुभयो । त्यतिबेला उहाँले आफ्नो घोषणापत्रमा निर्वाचन क्षेत्रका जनताका घरमा छाइएको खरको छाना हटाएर जस्तापाताले छाउने प्रतिवद्धता गर्दै भोग माग्दै निर्वाचित हुनु भएको हो । त्यसैगरी गत ०७९ को निर्वाचनमा पनि चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो । दुईदुई पटक निर्वाचित भइसक्नु भएको प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले अहिलेसम्म घोषणापत्रमा जनाइएका प्रतिवद्धता नारामै सिमित हुन पुगेको अग्निपिडितहरुले गुनासो पोख्ने गर्ने गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको अरुले प्रयोग गरेर आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाउनुभएको छ, लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी जितबहादुर बोटेले भने,–। ‘उनले काम भन्दा बढी अरुलाई आरोप लगाउने सांसद हुनुहुदो रहेछ । निर्वाचन ताका ठूलो आवाजमा खरका छाना हटाएर जस्तापाताले घर छाउने घोषणापत्र सहित मतदातको घरमा आएको छौ भनेर बोल्नुभएको थियो । जनताआवास कार्यक्रमार्फत खरको छाना हटाएर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो ।’ ‘म स्मरण गराउन चाहन्छु, सांसद चौधरीलाई अझै कतिसम्म जनताआवास कार्यक्रमार्फत खरको छाना हटाएर टिनको छानो लगाउने झुटो कुरा बेचेर चुनाव जित्नुहुन्छ ।’ देउखुरी क्षेत्रका अग्निपिडितहरु जस्तापातको जोहो गर्न नसक्दा आकाशमुनि नै सुत्नुपर्ने बाध्यतामा छन् । हाम्रो पनि अवस्था जर्जर छ, उनले भने,–। ‘यस क्षेत्रबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने सांसद मेटमणी चौधरीले विपन्नहरुका लागि नसोचिदिँदा आफू जस्ता दुखियाहरुको बिचल्ली भइरहेका छाँै ।’
गाउँमा विपन्न दलितका लागि सरकारले निःशुल्क घर बनाउँछ, निःशुल्क जस्तापाता दिन्छ भन्ने कुरा आफूले सुने पनि निमुखाका लागि आकाशको फलझैं भएको पीडा गर्छन् अग्निपिडितहरु । ‘हामीलाई जस्तापाताले छाएको घरमुनी बस्न पाएपनि कस्तो न होला भन्ने सपना छ, लमही नगरपालिका वडा नम्बर ९ कोलतारा निवासी नारायण विश्वकर्माले भने,–। ‘सरकारी घर पनि हामी जस्ता निमुखाका लागि भएन, यसपालिकै आगलागीले लैजान बेर छैन ।’ भोको पेट र नांगो आङ लिएर खुल्ला आकाश मुनि बसेका आफू जस्ता भूमिहीनहरुलाई यही गर्मीयाम आगलागीको बेला जस्तापाता कहिले आउँछ भन्दै हैरानी परेको खुसेको स्थानियहरुको छ, स्थानिय विश्वकर्माले भने,–। ‘गाउँमा बिहान बेलुका हात मुख जोर्न पनि ठेगान नभएका हामी जस्ता भूमिहीनले कहाँ र केले छाउने हो जस्तापाताले घर ।’