देउखुरी । लमहीबाट भारतसंग सीमा जाेडिएकाे दाङकाे खांग्रानाकाकाे लागि छुटेकाे डबल क्याप बलेराे दुर्घटनामा परेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काेइलाबासका प्रमुख अर्जुन पाैडेलका अनुसार बिहिवार विहान लमहीबाट राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाकाकाे लागि छुटेकाे लु१च ४२१० नम्बरकाे डबल क्याप बलेराे अनियन्त्रित भइ राजपुर गाउँपालिका वडा नम्बर १ पटाैलीनाका देखि करिब एक किलोमिटर अगाडि उत्तरपूर्व तर्फ तीस मिटर तल खसेको जानकारी दिए । उक्त बलेर पटाैलीनाका हुदै, खांग्रानाका जाँदै गरेको थियोे ।
उक्त बलेराेमा सवार सातजना यात्रु सबैजना सकुशल रहेको उहाँले जानकारी दिए । उनले भने,-। `बलेराेमा राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर राेकाकाे आमाकाे समेत सवार थियोे तर, मानविय क्षति भने केही भएको छैन ।´
उनका अनुसार बिहिवार दिउँसो १: ४५ बजे अनियन्त्रित भइ पल्टिएर तल खसेकाे गाडिलाई भारत ट्याक्टर बाेलाएर गाडि निकालिएको छ ।