गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक

शिवु खनाल ६ बैशाख २०८१, बिहीबार समाचार

भैसाहीँनाका(देउखुरी) । गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका स्थित गौरी शंकर माध्यमिक विद्यालयले आयोजना गरेको सम्मान तथा बिदाई कार्यक्रममा सहभागी अभिभावकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न हुनुपर्ने बताएका हुन् ।

शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्ने विद्यालयका अभिभावक लिलाराम विकले बताए। उनले शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारे । उनले भने,–। ‘देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ भन्ने बुझिन्छ  ।’ कार्यक्रममा राजपुर गाउँपालिका शिक्षा समितिका सदस्य लिलाधर विकले शिक्षा प्राप्त गर्ने व्यक्तिको नैसर्गिक अधिकारलाई नेपालको संविधानको धारा ३१ को शिक्षासम्बन्धी हकको व्यवस्थाले सुनिश्चित गरेको बताए । त्यस्तै शिक्षा प्राप्त गर्ने व्यक्तिको अधिकारलाई धारा ३९ को बालबालिकाको हकले पक्षपोषण गरेको छ, उनले भने,–। ‘शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने अपेक्षा राज्यका निर्देशक सिद्धान्त तथा नीतिले तय गरेको छ । यस्तो जनशक्ति उत्पादन गुणस्तरीय शिक्षाबाट मात्र सम्भव हुन्छ ।’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य अमर कुवर (नवीन)ले समृद्ध जीवनशैली विकास गर्न ज्ञान र सीप आवश्यक पर्ने बताए । उनले भने,–। ‘गुणस्तरीय शिक्षाले अन्तरनिहीत क्षमतालाई प्रष्फुटित गराई आत्मनिर्भर हुन सक्ने सक्षम र दक्ष बनाउँछ ।

बालबालिकालाई गुणस्तरीय शिक्षाप्रदान गर्ने निकाय भनेको विद्यालय हो । विद्यालय भन्नाले त्यहाँ कार्यरत शिक्षक भौतिक पूर्वाधार र व्यवस्थापन पर्दछन् ।’ त्यसैगरी कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यष पुष्कर वलीले मुलुक समृद्ध बनाउने अचुक जडी गुणस्तरीय शिक्षा हो भन्ने सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा बहस बताए ।
उनले भने,–। ‘विद्यार्थीको बाह्य अनुभव, सिकाइ गर्ने वातावरण, शैक्षिक विषयवस्तु, सिकाइ प्रक्रिया, शैक्षिक परिणामलाई गुणस्तरीय शिक्षा भनी उल्लेख गरेको छ । गुणस्तरीय शिक्षालाई सक्षम नागरिक बनाउने साधनको रूपमा लिने गरिन्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत हनु भएका वडाध्यक्ष वलीले शिक्षा नीतिले नै योग्य सक्षम तथा असल नागरिक तयार पार्न सक्ने बताउनुभयो । ‘अशल शिक्षाले व्यक्तिको भावी दिशानिर्देश गरेको हुन्छ । व्यक्ति समाजको सदस्य हो । असल व्यक्तिको समूहले असल समाज बन्दछ । असल समाजले सिङ्गो देशलाई सुसंस्कृत र समृद्ध बनाउँछ  ।’

गौरी शंकर माविको प्रअमा हरिकराम चौधरी नियुक्ति

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका स्थित गौरी शंकर माध्यमिक विद्यालयको प्रधानध्यापक हरिकराम चौधरी नियुक्ति हुनु भएको छ । गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र रानाको अध्यक्षतामा बसेको समितिको बैठकले निवर्तमान प्रधानध्यापक रामबहादुर पुन पदस्थापन भइ पर्सा जिल्ला गई रिक्त रहेको प्रधानध्यापकको पदमा विद्यालय व्यवस्थापन समितिले गत बैशाख चारगते हरिकरनम चौधरीलाई नियुक्ति गर्ने निर्णय गरेको हो । जसअनुसार अध्यक्ष रानाले नवनियुक्त प्रधानध्यापक चौधरीलाई बुधबार नियुक्ति पत्र दिएका हुन् ।

त्यसैगरी सोही विद्यालयमा कार्यरत शिक्षक पदस्थापन भएका तिनजना शिक्षकलाई विदाई, पूर्व वि।व्य।स।अध्यक्षलाई सम्मान गरिएको हो । विद्यालयबाट गौरी शंकर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र रानाको अध्यक्षता एवम् राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा मावि सिक्टाका प्रधानध्यापक विष्णु खत्री, गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य प्रदिप विक, निवर्तमान प्रअ टंक विक, रामबहादुर पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य मिश्रिलाल गुप्ता लगायतले बोल्नु भएको थियोे । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानध्यापक हरिकराम चौधरीले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार