महाभारत । काभ्रेको महाभारत गाउँपालिकामा आँखाका बिरामीहरुका लागि शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर हुने भएको छ । नागरिक साहारा नेपाल, बनेपा,काभ्रे र खुट्किलो नेपाल भक्तपुरको आयोजनामा काभ्रेको डाँडापारी महाभारत गाउँपालिकामा शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर यही बैशाख ८ गते बिहान ७ः०० बजे देखी एक दिन शिविर बस्ने भएको हो ।
। ख्यप तिलगाँगा आँखा अस्पताल भक्तपुर प्राविधिक सहयोगमा गाउँपालिकाको २ स्थान गाउँपालिकाको कार्यालाय देविटारमा र वडा नं। १ को गोकुले माध्यमिक विद्यालयको प्राङ्गणमा शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर हुने महाभारत गाउँपालिका प्रवक्ता तथा वडा नं। १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)ले बताए ।
जिल्ला समन्वय समिति,काभ्रे र महाभारत गाउँपालिकाको सहकार्यमा रहेको छ । अध्यारोबाट उज्यालो तिर नागरिक साहारा नेपाल भन्ने नाराका साथ हुन लागेको आँखा शिविरमा आँखा रोग परिक्षण, मोतिविन्दु सल्यक्रिया, औषधि वितरण र आवश्यता अनुसार चस्मा वितरण हुने आयोजकले जानकारी दिए । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै अध्यक्ष कान्छा लाल जिम्बा(संसर)ले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताए ।