दक्षिण कोरियाको आइसीटी निर्यात मार्चमा पनि वृद्धि

उज्यालो प्रतिनिधि ३ बैशाख २०८१, सोमबार विश्व

सोल । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।

व्यापार, उद्योग र ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको छ ।

सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको छ । यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो ।

टेलिभिजन र कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ भने मोबाइल फोन निर्यात छ दशमलव छ प्रतिशतले बढेर ८८ करोड डलर पुगेको छ ।

कम्प्युटर र पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको छ भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको छ ।

आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको छ । चिप्स, डिस्प्ले प्यानल र मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर र पेरिफेरलहरूका लागि आयात भने एकल अङ्कमा घटेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार