नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

उज्यालो प्रतिनिधि ३ बैशाख २०८१, सोमबार खेल

काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि(ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो ।

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे ।

कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए ।
हङकङका इसान खान र यासिम मुरर्ताजले समान एकरएक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय १४ रनको योगफल बनाएको थियो । हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिह ऐरीले समान दुईरदुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार