नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य

उज्यालो प्रतिनिधि ३ बैशाख २०८१, सोमबार खेल

काठमाडौँ । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको तेस्रो खेलमा नेपाललाई जितको लागि हङकङले एक सय १५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनायो । हङकङका लागि आन्सी राथले ३४ रन बनाए ।

जेसान अलीले १४, कप्तान निजकट खानले १२ र इशान खानले ११ रन बनाए । बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिएका थिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिए । वर्षाले केही समय ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको हो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो ।

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार