तेमाल वृहत खानेपानी आयोजना अझै लम्बिने सङ्केत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन वृहत खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ । सो आयोजनामा करिब रु ५० लाख बराबरको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।

विसं २०७९ को चैत महिनाभित्र उक्त क्षेत्रका ५५ हजार स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको थियो । स्थानीयका घरघरमा स्वच्छ खानेपानी पु¥याउन उद्देश्यले सुरु भएको आयोजनाको गति कोरोना महामारी र प्राकृतिक प्रकोपका कारणले सुस्त भएको थियो ।

नमोबुद्धको भकुण्डेदेखि तेमालहुँदै मेच्छे जोड्ने सडक निर्माणका कारण आयोजनाको विस्तारित पाइपलगायत केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । विभिन्न सडक निर्माण आयोजनाका कारण विभिन्न स्थानमा पाइपलगायत सामग्रीमा क्षति पुगेको उपभोक्ता समितिको अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो ।

“सडक निर्माणका कारण केही स्थानमा जिआई पाइपसमेत गरी करिब रु ५० लाखको खानेपानीका सामग्रीमा क्षति पु¥याइएको प्रारम्भिक अनुमान गरिएको छ, प्राविधिकले क्षतिको विवरण सङ्कलन गर्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार खानेपानी आयोजना सञ्चालन भएको तेमाल गाउँपालिका र केही क्षेत्र समेटिएको नमोबुद्ध नगरपालिकामा समितिले पत्रद्वारा क्षतिको जानकारी गराइएको छ ।

समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै यसवर्ष पनि आयोजना लम्ब्याएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणमा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ ।

भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएकाले मन्त्रालयमा ताकेता भइरहेको लामाले बताउनुभयो । उहाँका अनुसार तेमालको वडा नं २ र ३ मा केही धारा जडान तथा पानी कन्ट्रोलका सामग्री जडानको काम बाँकी छ ।

समितिले गत कात्तिक मसान्त्सम्मा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिब एकवर्ष धकेलिएको थियो । लामाले आयोजनाको काम अन्तिम चरणमा पुगेको अर्थात् करिब ९८ प्रतिशत काम सकिएको बताउनुभयो ।

आयोजनाको पानी प्रशोधनको काम भएको छ, भने करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पु¥याइसकिएको लामाले बताउनुभयो । उहाँका अनुसार २३ वट ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मुख्यलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिव नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय दश घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय दश परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो .खनेर विच्छ््याउनुपर्ने सम्झौता अनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो ।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माण काम भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयमा खानेपानी उपलब्ध हुनेछ । लिफ्टििङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो ।

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको छ । लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्धको तीन वटा वडा तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार