टीकापुर उद्यानमा एकै दिन रू तीन लाख सङ्कलन

उज्यालो प्रतिनिधि २ बैशाख २०८१, आईतवार समाचार

टीकापुर (कैलाली) । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिबार एकैदिन टिकट शुल्कबाट रू तीन लाख राजस्व सङ्कलन भएको जनाइएको छ ।

उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले बताए । यस वर्षको पहिलो दिन हिजो नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उहाँले जानकारी दिए ।

कुनै बेला गुलाबको बगैँचाका नामले चिनिने टीकापुर पार्कमा यतिखेर रत्न उद्यान, ऐश्वर्य उद्यानलगायतका बगैँचामा थरिथरिका गुलाब फुलेका छन् । पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताए । सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको उनको भनाइ छ ।

सुर्खेतबाट ४० जनाको समूह लिएर पार्क घुम्न आउनुभएका हरि कार्कीको पार्कसहित पार्कको किनारमा रहेको कर्णाली नदीमा रमाइलो गरेका छन् । “पार्क सुन्दर छ भन्ने सुनेर नयाँ वर्षको दिन नयाँ ठाउँ घुमौँ भनी आएका हौँ”, उनले भने, “अलौकिक आनन्द मिल्छ भन्थे, साँच्चै रहेछ । टीकापुर एकपटक पुग्ने पर्ने ठाउँ रहेछ ।”

पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आउनुभएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्उवस्था हुनुपर्नेमा जोड दिए ।

पार्कमा पहिलो दिन नै पर्यटकको घुइँचो हुनुका साथै वरपर रहेका होटल तथा पसलमा व्यापारसमेत बढेको थियो । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा रहेको उद्यानमा नयाँ वर्षको केही दिनसम्म पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार