जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

उज्यालो प्रतिनिधि २ बैशाख २०८१, आईतवार विश्व

टोकियो । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ ।

प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट बढेर १८१ पुगेको छ ।

‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ ।

सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च होे ।

दुर्व्यवहारका घटनाहरूमध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुरहरू रहेका थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ ।

बिरालो र कुकुरका १६२ घटनामा जनावरलाई वेवारिसे छाडेको ६४ वटा घटना, मृत्यु वा चोटपटकको कारण ४१ र जनावरलाई राम्ररी खुवाउन नसकेका वा स्वच्छ वातावरणमा नराखेको ५७ घटना रहेका छन् ।

कोभिड महामारीको समयमा घरपालुवा जनावरहरू राख्ने मानिसहरू जनसङ्ख्या बढेको तर पछि सामान्य जनजीवनका कारण उनीहरू व्यस्त हुन थालेपछि पशु दुर्व्यवहारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार