मिथिला क्षेत्रमा आज ‘जुड-शीतल’ पर्व मनाइँदै

उज्यालो प्रतिनिधि २ बैशाख २०८१, आईतवार समाचार

महोत्तरी । सहकालको प्रतीक मानिने ‘जुडशीतल’ पर्व आज आइतबार मिथिला क्षेत्रमा हिलोधुलो खेलेर मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै जीवनमा शीतलता छाओस् भनी ‘जुडशीतल’ पर्व मनाइने गरिन्छ ।

वैशाख १ गते सुरु हुने पर्वको भोलीपल्ट परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । यो पर्वमा किशोर र युवाहरू एकअर्कालाई हिलो छ्यापाछ्याप गरी रमाइलो गर्छन् ।

‘जुडशीतल’ मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने पर्वमध्ये एउटा पर्व हो । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता)लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन ९मुन्गा० को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी(बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका प्रमूख परिकार हुन् ।

पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको आम्खोरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाइन्छ । कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । पहिलो दिन सातु र सर्वत खाने परम्परालाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘सतुवाइन’ मैथिल (मिथिलाका बासिन्दा) ले हिजै सम्पन्न गरेका छन् ।

पर्वको दोस्रो दिन अर्थात् आज घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन् ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरु ९मिथिलावासी० आज मध्याह्न साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरी कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । धुलो र हिलो माटो छ्यापाछ्याप गर्नु पनि कृषि कार्यमा सधैँ लागिरहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृतिका जानकार भङ्गाहा(७ मेघरोलका चन्द्रनारायणसिंह थारू बताए ।

मिथिलामा सबै जाति र समुदायले मनाउने यो पर्वको मुख्य सन्देश आपसी सद्भाव, हेलमेल र सहकार्य हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार