सिन्धुपाल्चोक । नयाँ बर्षको अवसर पारेर पुर्व अरनिको प्रा.लिद्वारा रुकुमकोट बस सेवा उद्घाटन समारोह सम्पन्न गरेको छ । माननीय पुर्ण बहादुर घर्ती ज्यु को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । २०२९ सालमा स्थापना भएको पुर्व अरनिको यातायात प्रा.लि ले अहिले देशका विभिन्न स्थानमा सेवा प्रदान गराउदै आएको छ ।
प्रमुख अतिथिको रुपमा रहेका पुर्ण बहादुर घर्तिले नयाँ बर्षको शुभकामना सन्देश सहित लामो समयदेखि सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको अरनिको यातायात प्रा.लि लाई आफुले नियाल्दै आएको र प्रा.लि को काम देखेर सन्तुष्ट रहेको बताए । साथै प्रा.लि को यातायातमा सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न समेत अनुरोध गरेका छन । आधुनिक ढंगका साथ आगामी दिनमा प्रा.लि ले सेवा प्रदान गर्ने हो भने ब्यबसाय अझै फस्टाउदै जाने उनले बताए ।
कार्यक्रममा अरनिको यातायात सेवा प्रा.लि का वरिष्ठ उपाध्यक्ष हरिभक्त श्रेष्ठ ले पश्चिमको रुकुम जस्तो विकट क्षेत्रमा सेवा प्रदान गर्न पाउँदा सिङ्गो प्रा.लि परिवार खुशी रहेको बताए । उनले फाईदाका लागि भन्दापनी आफ्नो प्रा.ले जनताको सेवाका लागि मात्र लागिपरिरहेको बताए । स्वस्थ प्रतिस्पर्धा सहित अगाडि बढिरहेको प्रा.लि को सेवालाई अझै थप ब्यबस्थापन गर्नमा निरन्तर लागिपरेको उनले बताए ।