गौतम बुद्ध म्युजिक एण्ड फिल्म अवार्ड : फाइनलको उद्घाटन कार्यक्रम थाइल्यान्डमा सम्पन्न

उज्यालो प्रतिनिधि ३० चैत्र २०८०, शुक्रबार कला/साहित्य

काठमाडौं । बिएसके एक्टिभ नेपाल प्रोडक्सन प्रा।लि।को ब्यानरमा आयोजित पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म अवार्डको ग्राण्ड फाइनल उद्घाटन कार्यक्रम थाइल्यान्डमा सम्पन्न भएको छ। उक्त उद्घाटन कार्यक्रम अप्रिल ७ मा थाइल्यान्डको पतैयामा सम्पन्न भएको हो।

समाजसेवी तथा कलाकर्मी आशमान वाइबा तामाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपालबाट झण्डै दुई दर्जन कलाकारहरु सहभागी भएका थिए।कार्यक्रममा सर्वोत्कृष्ट गायक पुरुष तर्फबाट म्हेन्दोमाया गायक सुर्य लामा,सर्वोत्कृष्ट म्हेन्दोमाया मोडल महिलाबाट ममता तामाङ, सर्वोत्कृष्ट सालैजो गायिका महिलाबाट पार्वती थापा, सर्वोत्कृष्ट पप भिडियो निर्देशनबाट लोकेन्द्र तामाङ लगायत केही प्रतिस्पर्धी कलाकारहरुलाई वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि आशमान वाइबा तामाङले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

बाँकी कलाकारहरुलाई अवार्डको फाइनल कार्यक्रम काठमाडौँमा वितरण गरिने कार्यक्रमका आयोजक सुर्य मम्बा तामाङले उज्यालो नेटवर्कलाई जानकारी दिए। तामाङका अनुसार कार्यक्रमको ग्राण्ड फाइनल २०८१ वैशाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ। करिब ४६ विधामा अवार्ड वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुले प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रममा तामाङ चलचित्रका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको थियो। अवार्डको निर्णायक भूमिकामा वरिष्ठ ध्वनि मिश्रण तथा संगीतकार डिका गुरुङ(मुख्य निर्णायक), राजु खड्का,जित बहादुर पुर्ज पुन(जि पुन),रोशन फ्युबा तामाङ र बिजेन्द्र नौबागी रहेका छन्।

अवार्ड विजेताहरु कलाकारहरुको नाम र विधाको सूचीः
पप गीत विधातर्फ
सरगम राई – सर्वोत्कृष्ट पप गित गायक
रोजन लामा – सर्वोत्कृष्ट रचनाकार (शब्द) पप गीत
शिरेस थामा – सर्वोत्कृष्ट मोडल (पुरुष) पप गीत
सुशिला तामाङ – सर्वोत्कृष्ट मोडल (महिला) पप गीत
लोकेन्द्र तामाङ – सर्वोत्कृष्ट निर्देशक पप गीत

लोक दोहोरी विधातर्फ

कमाला थापा – सर्वोत्कृष्ट लोक दोहोरि गायिका
रितु तामाङ – सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला )
नारायनी खत्री– सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला ) पब्लिक च्वाईस
राम हरि भण्डारी – सर्वोत्कृष्ट लोक दोहोरि गायक
यमन खनाल – सर्वोत्कृष्ट लोक दोहोरि गायक पब्लिक च्वाईस
मदन नेपाली सुफिक्स – सर्वोत्कृष्ट लोक दोहोरि कम्पोजर
राम कुमार गजमेहर – सर्वोत्कृष्ट लोक दोहोरि नव मोडल ( पुरुष )
गोर ब. कार्की – सर्वोत्कृष्ट देउडा गायक
पार्वती थापा – सर्वोत्कृष्ट सालैजो गायिका
सिताराम राना – सर्वोत्कृष्ट सालैजो निर्देशक

चलचित्र ( नेपाली / तामाङ ) विधातर्फ
राज किङ बाईबा ( सुक ब. तामाङ) – सर्वोत्कृष्ट निर्देशक ( तामाङ चलचित्र )
सन्चु थोकर तामाङ – सर्वोत्कृष्ट छायांकार ( तामाङ चलचित्र )
सोनाम तामाङ – सर्वोत्कृष्ट नायक ( तामाङ चलचित्र )
संगीता तितुङ – सर्वोत्कृष्ट नव नाीयका ( तामाङ चलचित्र )
रेशम कुमार श्याउली तामाङ – सर्वोत्कृष्ट सह–निर्देशक ( नेपाली चलचित्र )

तामाङ गीत/ शेर्पा गित/ सेलो गित विधातर्फ

ङिमा घेलु लामा शेर्पा – सर्वोत्कृष्ट गायक ( शेर्पा गीत )
मनिका सिङतान तामाङ – सर्वोत्कृष्ट महिला मोडल ( सेलो गीत )
यमुना मगर – सर्वोत्कृष्ट महिला नव मोडल ( सेलो गीत )
उपेन्द्र खड्का – सर्वोत्कृष्ट पुरुष नव मोडल ( सेलो गीत)
अमृत तामाङ – सर्वोत्कृष्ट पुरुष मोडल ( सेलो गीत)
स्व. लिलि योन्जन – सर्वोत्कृष्ट शब्दकार ( सेलो गीत )
जोगलाल तामाङ – सर्वोत्कृष्ट गायक ( सेलो गीत )
विपना तामाङ – सर्वोत्कृष्ट गायिका ( सेलो गीत )
प्रकाश वाईबा – सर्वोत्कृष्ट गायक ( तामाङ गीत )

आधुनिक गीत विधातर्फ
प्रचण्ड बाबु राई – सर्वोत्कृष्ट गायक ( आधुनिक गीत )
भिम ब. मगर – सर्वोत्कृष्ट गायक ( नेपाली आईटम गीत )
निता अचार्य – सर्वोत्कृष्ट गायिका ( आधुनिक गीत )
प्रिती रिमाल – सर्वोत्कृष्ट गायिका ( आधुनिक गीत ) पब्लिक च्वाईस
शंकर थापा (स्माइल) – सर्वोत्कृष्ट संगीतकार ( आधुनिक गीत )
कृष्ण क्षेत्री (नेपाली मान्छे ) – सर्वोत्कृष्ट रचनाकार (आधुनिक गीत )
गोविन्द सोनी – सर्वोत्कृष्ट ध्वनी मिश्रण ( आधुनिक गीत )

तामाङ म्हेन्दोमाया गित

रमेश गोम्जा – सर्वोत्कृष्ट गायक ( म्हेन्दोमाया गीत )
रिचा बुलुन – सर्वोत्कृष्ट गायिका ( म्हेन्दोमाया गीत )
सन्जु लामा – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गीत )
ममता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत )
सुनिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत ) पब्लिक च्वाईस
ननिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गीत ) जुरी अवार्ड
मिना तामाङ – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गीत ) जुरी अवार्ड
दुर ब्रेब गुरुङ – सर्वोत्कृष्ट मोडल पुरुष ( म्हेन्दोमाया गीत )
एम. बी गुरुङ – सर्वोत्कृष्ट निर्देशक ( म्हेन्दोमाया गीत )
सुर्य लामा – सर्वोत्कृष्ट नव गायक ( म्हेन्दोमाया गीत )
मरिचमान तामाङ– सर्वोत्कृष्ट गायक (म्हेन्दोमाया गीत) जुरी अवार्ड

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार