रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

उज्यालो प्रतिनिधि ३० चैत्र २०८०, शुक्रबार विश्व

कराँची । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा एक सय आठ जनाको मृत्यु र चार सय ६९ जना घाइते भएको तथ्याङ्क छ ।

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग चार सय २५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र चार सय ३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सिपिएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार छ सय २७ अपराध दर्ता भएका थिए । यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा सात सय जनालाई चोट लागेको थियो ।

यसका अतिरिक्त यस अवधिमा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सिपिएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए । उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार