मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु

उज्यालो प्रतिनिधि २९ चैत्र २०८०, बिहीबार बागमती

मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ । बागमती प्रदेश सरकारकोे रू ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ ।

प्रदेश दूध विकास बोर्डले नियमित दूध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानहरूबाट दैनिक ६० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा मन्दीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध र बटरको उत्पादन गर्ने गरिएको छ ।

दूध प्लान्टलाई केही हप्ताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र उक्त प्लान्टबाट उत्पादन गरिएका धुलो दूध र बटर विदेश तथा स्वदेशका विभिन्न सहरमा आपूर्ति गरिने प्रवक्ता डा पोखरेलले जानकारी दिए । उनका अनुसार योसँगै बोर्डले दैनिक करिब छ सय मेट्रि«क टन धुलो दूध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दूध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उनको भनाइ छ । साथै अहिले उत्पादित धुलो दूध र बटरलाई बजारको व्यवस्थापन गर्नसमेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताए । उनले अब केही हप्ताभित्रै नियमित धुलो दूध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दूध र बटर काठमाडाँै, भरतपुर, पोखरा, भैरहवा तथा विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिए ।

हेटौँडामा सञ्चालित दूध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार