पालिकाभर बाटै जम्मा ४५ जना विद्यार्थी उत्तिर्ण

उज्यालो प्रतिनिधि २८ चैत्र २०८०, बुधबार शिक्षा

क्रिस भुर्तेल/पर्वत । पर्वतको पैयु गाउँपालिकामा कक्षा ८ को नतिजा प्रकाशन पछि पैयुको पठनपाठनमा चौतर्फी आलोचना मात्रै नभएर कयौँ प्रश्नहरू उठिरहेको छ। ११ सामुदायिक र २ संस्थागत विद्यालयबाट करिब १८४ जना विद्यार्थी हरुले परिक्षा मा सहभागितामा जनाएका थिए जसमा ४५ जना मात्र उत्तिर्ण भएका छन। पालिकाले यहि चैत्र ४ गतेदेखि १२ गतेसम्म पालिका स्तरीय आधारभूत तहको परिक्षा लिएको थियो।

सामुदायिक विद्यालयबाट करिब १६० र निजी तथा संस्थागत विद्यालयबाट करिब २४ जना सम्मिलित परिक्षामा जम्मा ४५ जना परीक्षार्थी मात्रै उत्तिर्ण भए। जुन सामुदायिक विद्यालयतर्फ बाट परिक्षामा सम्मिलित परिक्षार्थी को कुल सङख्या बाट उत्तिर्ण हुने विद्यार्थी सङ्ख्यालाई प्रतिशतमा लैजादा जम्मा २०.६२% विद्यार्थी मात्रै उत्तिर्ण हुदा उता निजि तथा संस्थागत विद्यालयबाट परिक्षामा सम्मिलित परिक्षार्थी को सङख्या बाट उत्तिर्ण हुने विद्यार्थी सङ्ख्यालाई प्रतिशतमा लैजादा निजि तथा संस्थागत विद्यालयमा भने ५०% विद्यार्थी उत्तिर्ण भएका छन। नतिजा हेर्दा अत्याधिक मात्रामा गणित र अङ्ग्रेजीमा विद्यार्थी कमजोर देखिएका छन् ।

पालिकाले गत वैशाख बाट मात्रै पालिकाका कर्मचारी र स्थायी शिक्षक तथा विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निति बनाएको थियो। सँगै पालिकाले पालिकामा एक विद्यालय लाई नमुना बिद्यालयको रुपमा अगाडि बढाउदै अङग्रेजी नेपालि जुनसुकै माध्यमबाट पनि अध्ययन गर्न सकिने बताएको थियो।

अब प्रश्न कहाँनिर उठ्छ भने कुल १८४ जना सम्मिलित परिक्षामा ४५ जना विद्यार्थी मात्रै उत्तिर्ण हुन्छन भने के यसले यहाँको शैक्षिक सुधार भएको हो त? के शिक्षामा हुनुपर्ने गुणस्तरीयता यहि हो? अब पालिकाले शैक्षिक सुधारका लागि के-कस्ता निति अपनाउला?

प्राय उठ्ने यि र यस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो तर अबका दिनमा शिक्षामा सुधार होला त भन्ने विषय बहसको विषय बनेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार