सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

उज्यालो प्रतिनिधि २७ चैत्र २०८०, मंगलवार समाचार

किमाथाङ्का । सङ्खुवासभा, २७ चैत स् सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार