नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर

दमौली (तनहुँ) । भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ । सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले २४सै घण्टा चिकित्सक सेवा पाउने निश्चित भएको हो ।

केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगर अस्पतालबाट बहिरङ्ग सेवा, २४सै घण्टा आकष्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ ।

पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उहाँले व्यक्त गरे ।

पाठेघर परीक्षण शिविर

भानु नगरपालिकामा चैत २८ देखि ३० गतेसम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर आयोजना हुने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाडौँको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
चैत २८ गते वडा नं १० को कालिमाटीमा रहेको नगरस्तरीय अस्पतालमा, चैत २९ गते वडा नं ३ को खहरेमा रहेको भानु स्वस्थ्य चौकीमा र चैत ३० गते पुरनडिही नगर अस्पतालमा शिविर सञ्चालन हुने भानु नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार