देउखुरी । देउखुरीको विभिन्न २७ सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु भएको छ । तीमध्ये पनि ४९ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु भएको छ ।
डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ । वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । देउखुरीमा वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ गरिएको छ । देउखुरीभित्र रहेका सामुदायिक वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न सो कामको शुरुवात गरिएको हो ।
दिगो वन व्यवस्थापनको माध्यमबाट वन पैदावारमा आत्मनिर्भर हुन काठ आपूर्ति तथा वनजन्य उद्यम विकास र विस्तार गर्ने बजेटमा उल्लेख छ । राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्रीखोला स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको सो कामको उद्घाटन गरिएको हो । वनबाट अधिकभन्दा अधिक फाइदा लिने, वनको संवर्धन र संरक्षण गर्ने डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख राजु क्षेत्रीले बताए । वनलाई विनाशबाट रोक्नुका साथै भावी पुस्तालाई जस्ताकोत्यस्तै हस्तान्तरण गर्नुपर्ने उनले बताए । वनको प्रयोग गर्नुभन्दा उपयोग गर्नुपर्ने भन्दै, डिभिजनल प्रमुख क्षेत्रीले कटान भएर आएको उत्पादन जस्ताको त्यस्तै हुनुपर्ने बताउनुभयो । कटान भएको रुखको हिनामिना नहोस् भनेर त्यसलाई पुष्टि गर्न हामी रेकर्डहरु राख्नेगरेको उनले बताए ।
वनमा कार्ययोजना बमोजिम यस वर्ष पुनरउत्पादन कटान, थिनिङ् र पुनरउत्पादन तयारी लगायत वन संवर्धनका कामहरु हुने उहाँले जानकारी दिनुभयो । वन बाली स्थापना गर्न, हुर्काउन, स्याहार सम्भार, तथा पुनरउत्पादन नियमन गर्न अवलम्बन गरिने छनौट प्रणाली, माउरुख प्रणाली, छत्र प्रणाली लगायत वन संवर्धन प्रणालीलाई प्रभावकारी बनाउँदै वन क्षेत्रको दिगो विकास, संरक्षण, संवर्धन, वन पैदावारको सदुपयोग गर्न लुम्बिनी प्रदेश सरकारले वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ जारी गरेको छ । दिगो वन व्यवस्थापनले पूराना रूख काट्ने, नयाँ रूखलाई हुर्किन सहयोग पुग्छ । खेतबारीमा खनजोत हुन्छ तर, वनमा हुदैन ।
त्यसकारण वनमा पनि त्यस्तै खनजोत गरे जस्तै गर्न आवश्यक छ । पुराना रूख काटेपछि मात्रै नयाँ रूख उत्पादन हुने भएकोले पुराना रूख काट्न जरुरी छ, डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख राजु क्षेत्रीले भने,–। ‘काठजन्य सामग्रीमा आत्मनिर्भर बन्न र गैरकाष्ठजन्य प्रशोधित सामग्रीको निर्यात प्रवद्र्धधन गर्ने उद्देश्यले दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको हो ।’ दिगो वन व्यवस्थापनका क्रममा वन क्षेत्रको संरक्षण गर्दै व्यावसायिक प्रयोगलाई सन्तुलित रूपमा अघि बढाइने सरकारको नीति छ । दिगो वन व्यवस्थापन कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालयले यसअघि नै मापदण्ड तयार गरिसकेको छ । वन पैदावारको आपूर्ति बढाउन र कृषकको आम्दानी वृद्धि गर्न देशव्यापी रूपमा कृषि, वन तथा बृहत्तर हरियाली प्रवद्र्धधन कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने बजेटमा समावेश छ । निजी जमिनमा रहेका रूखबिरुवा अन्य कृषि बालीसरह कटान गरी ओसारपसार गर्न पाउने गरी कानुनी व्यवस्था गरिने भएको छ । निजी क्षेत्रको सहभागितामा उत्पादित काठको गुणस्तर अभिवृद्धि गर्न सातै प्रदेशमा काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट स्थापना गर्न सहुलियतमा कर्जा प्रवाह गरिने भएको छ ।
प्रदेशसँगको सहकार्यमा निजी वन प्रवद्र्धधन र विकासका लागि वृक्षरोपण गर्न १ करोड बिरुवा वितरण गरिने बजेटमा उल्लेख छ । ‘जनताको रहर, हरित सहर अभियान’ अन्तर्गत देशका सहरलाई हरियालीयुक्त बनाउन १० हजार बहुवर्षीय बिरुवा रोपिनेछ । चालु आ.व.मा सामुदायिक वन विकास कार्यक्रमअन्तर्गत थप २३ लाख हेक्टर सामुदायिक वनको व्यवस्थापनबाट स्थानीयस्तरमा वनजन्य वस्तुको माग पूरा गर्नुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।