शैक्षिक गुणस्तर सुधार गर्न बृहत् अन्तरक्रिया कार्यक्रमको लागि पत्रकार सम्मेलन सम्पन्न

उज्यालो प्रतिनिधि २६ चैत्र २०८०, सोमबार समाचार

डि बि संघर्ष /रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर -०३ मिझिङ स्थिति श्री चन्द्र प्रभा मा बि स्कुलमा शैक्षिक गुणस्तर सुधारगर्न आज पत्रकार सम्मेलन गरेको छ । उक्त सम्मेलनमा स्कुललाई कसरी गुणस्तर शिक्षादिन सकिन्छ,कुन- कुन विषय बस्तुलाई बढी प्राथमिकता दिनसकिन्छ,भन्नेबारेमा वडा शिक्षा समितिका संयोजक धिरज राहु मगर ज्यूले बोल्नुभएको थियो ।

साथै सोही स्कुलका प्र.अ रत्नलाल सुवेदी ज्यूले म यो स्कुललाई गतबर्षहरु भन्दा पृथक ढंगले संचालन गर्ने सोछ र,पलानिङ गरेको छु,मेरो भिजन अर्थात् पलानिङ यस प्रकारका छन् ,जस्तै हाम्रो विद्यालय मेनरोडमै भएको कारणले गर्दा विद्यार्थीहरु विद्यालयको गेटमा प्रवेश गर्नुपुर्व उक्त विद्यार्थीको युनिफम अर्थात स्कुल ड्रेस चेक जाँज गरेर मात्र विद्यालय भित्र प्रवेश गराइने छ ।
विद्यार्थीहरु लगातार १५ दिनसम्म कक्षा कोठामा अनुपस्थित हुनगएमा विद्यालय प्रशासनले दर्ता रजिस्टरबाट नाम हटाइने छ,त्यस्मा अभिभावकहरुले केही बोल्न पाउनु हुने छैन , बिरामी परेको अवस्थामा वाहेक अन्य कुनै वाहना गरि बालबालिकाहरुलाइ दुई दिन् भन्दा बढी अनुपस्थित भएमा तुरुन्तै विद्यालयलाई जानकारी गराउनु पर्ने छ ।

विद्यालयले बोलाएको अभिभावक भेलामा सम्पुर्ण अभिभावकहरु अनिवार्य उपस्थित हुनुपर्ने छ,यदि उपस्थिति नभएको अवस्थामा विद्यालय प्रशासनले तोकेको रकम अनिवार्य रुपमा भुक्तान गर्नु पर्ने छ ।विद्यार्थीहरुलाई घरमा पढ्ने वातावरण अनिवार्य बनाइदिनु पर्ने छ, कम्तीमा पनि दुई महिनाको एकपटक विद्यालय खुलेको समयमा आफ्नो बालबालिकाहरुको पठनपाठनको बारेमा जानकारी लिन अनिवार्य आउनु पर्ने छ ।

विद्यालय खुलेको दिनमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुर्याउने जिम्मेवारी अभिभावकको हुनेछ। ७५ प्रतिशत हाजिरी नपुगे वार्षिक परिक्षा दिलाउन विद्यालय प्रशासनलाई बाध्य पार्न पाइने छैन ।बालबालिकाहरुले जानी वा नजानेर विद्यालयको कुनै क्षति पुर्याएमा त्यस्को हिसाब किताब अर्थात क्षतिपूर्ति अभिभावक आफैले दिनुपर्ने छ ।

बालबालिकाहरु चल्दा खेल्दा वा अन्य कुनै कार्य गर्दा लाग्न गएको चोटपटक र,त्यसमा उपचार खर्च स्वयम् पिडक पक्षले पीडित पक्षलाई दिनुपर्ने छ ।१५ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको भर्ना रजिस्टरबाट नाम हट्न गएकोमा पुन: भर्ना गर्ने विद्यालयद्वारा तोकिएको दस्तुर भुक्तान गर्नु पर्ने छ। शिक्षकहरुलाइ सम्मान गर्नु पर्ने छ,साथै विद्यालय अथवा कुनै शिक्षक प्रती केही गुनासो भएको खण्डमा उक्त विद्यालयमा स्वम ब्यक्ति उपस्थिति भइ संबंधित शिक्षकसंग भेटेर छलफल गरि टुंगोमा पुराउनु पर्ने छ ।
र,यो विद्यालयलाइ गुणस्तर शिक्षा लाई अग्रपंक्तिमा पुर्याउनको निमित्त सम्पुर्ण शिक्षक साथीहरू,अभिभावक,ज्युहरु,स्थानीय सरकार,सरोकारवाला,युवा बुद्धिजीवी,लगायतको अनिवार्य साथ र सहयोगको अपेक्षा गरेको छु ।

भन्नेकुराहरु राख्नुभएको थियो,अन्तमा सुवेदी ले रोल्पा जिल्लामा अवस्थित स्कुलहरुमा भन्दा हाम्रो चन्द्रप्रभा मा बि मा अत्यन्तै राम्रो मेहनेती शिक्षकहरु रहेको कुरा उज्यालो नेट्वोर्क अन्लाईन रोल्पालाइ जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार