काठमाडौं । नेपाली ख्रिष्टियन समुदायको साझा संगठन राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालसंग सोलुखुम्बु ख्रिष्टियन एकता समाजद्वारा आबद्वता लिएको घोषणा गरेका छन् ।
समाजका अध्यक्ष ङवाङ साङगे शेर्पाको सभापतित्व र
महासंघका केन्द्रीय अध्यक्ष सिबि गहतराजको प्रमुख आतिथ्यतामा उक्त आबद्वता घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।
लामो समयदेखि नेपाली ख्रिष्टियन समुदायको अधिकार र पहिचानको लागि लड्दै आएको महासंघलाई थप शक्तिसाली बनाउन विभिन्न समूहमा रहेको ख्रिष्टियन संघसंस्थाहरुलाई आबद्वता गर्ने क्रममा सोलुखुम्बु ख्रिष्टियन एकता समाजले पनि महासंघमा आबद्वता भएको घोषणा गरेको छ ।
एकता समाज अध्यक्ष शेर्पाले महासंघले उठाएको मुद्दालाई लामो समयदेखि आफुहरुले नियालिरहेको र सबै ख्रिष्टियन संघसंस्थाहरु एक ठाउमा उभिद मात्र ख्रिष्टियन समुदाय अधिकार सम्पन्न हुने दिशामा अगाडि जाने देखेको कारण आबद्वता लिएको बताए ।
उनले थप भने ‘ कतिपयले महासंघमा आबद्वता लिएर चर्चहरु बेचेर खाना लाग्यो भनेको पनि सुनिए तर जसजसले यस्तो गलत सोच राख्छन् त्यसको सजय माथि प्रभुले नै दिनेछ, हामी त महासंघले उठाउदै आएको मुद्दा बलियो बनाउन आबद्वता लिएका हौँ ।’
त्यसैगरी महासंघका अध्यक्ष सिबि गहतराजले नेपाली ख्रिष्टियन समुदायको हकहितको लागि लड्दै गर्दा विभिन्न आरोप/प्रत्यारोप खेप्दै आएको तर जस्तोसुकै प्रहारबाट आफु विचलित नभइ निरन्तर लड्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारसंग पटकपटक गरेको तीन बुदे र ६ बुदे सम्झौता कार्यनयन गर्नको लागि पनि सम्पूर्ण नेपाली ख्रिष्टियन समुदाय एक ठाउमा उभिनु पर्ने बताए ।
उनले थप भने ‘ म ख्रिष्टियन समुदायलाई बलियो बनाउन लडिरहेको छु, कतिपय महासंघकै साथीहरू मलाई कमजोर बनाउन लडिरहेका छन् । मेरो र उहाँहरुको मिसन नै फरक भएको कारण कोहीपनि भ्रममा नपरी निरन्तर समुदायको पक्षमा अवाज बुलन्द गर्न समेत अपिल गर्दछु ।’