अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

शिवु खनाल २४ चैत्र २०८०, शनिबार समाचार

देउखुरी । इलाका प्रहरी कार्यालय अमिलियाले राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा रहेका विभिन्न अवैध रुपमा स्थापना गरिएका ट्रक समितिका चेक पोइन्ट बन्द गर्ने निर्णण गरेको थियो ।

अनुगमन व्यवस्थापन तथा तौलपुल संचालनका लागि भनेर प्रति ट्रकबाट ५० रुपैयाँका दरले रकम उठाउदैँ आएको अवैध बिल इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले देउखुरी क्षेत्रको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा चेक पोइन्ट स्थापना गर्दै शुल्क उठाउदैँ आएको थियो । अमिलिया प्रहरीले अमिलिमा क्षेत्रमा रहेको चेक पोइन्टबाट आठवटा नयाँ बिल र सातवटा काटेका बिल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिलमा दर्ता नम्बर नरहेको पाइएको छ भने समितिको प्यान नम्बर समेत बिलमा उल्लेख नभएको बताए ।उनले भने,–। ‘चेक पोइन्टबाट नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ । उक्त बिलमा नत दर्ता नम्बर भेट्यौँ नत समितिको प्यान नम्बर नै फेला पा¥यौँ हामीले ।

आवयश्क कार्वाहीका लागि अनुसन्धान सुरु गरिएको छ । राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले कानून र नियमको धज्जी उडाउँदै खुलेयाम दिवा सेवा र रात्रिसेवाका सवारीहरुबाट कानुनी भन्दा बाहिर गएर रकम असुली गर्दै आएको थियो । यसरी प्रचलित कानूनलाई लत्याउँदै अवैध रुपमा रकम असुल्दै गर्दा समितिलाई न डर नै थियो, नत जिल्ला प्रशासन कार्यालय दाङलाई लाज नै थियो । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराहीले दुइवटा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएको चेक पोइन्टलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न मालबहाक ट्रकहरु ओभरलोड गरि संचालनमा आएको सम्बन्धमा जिल्लामा रहेका सिमेन्ट उद्योग लगायत ट्रक र टिप्पर जस्ता मालबहाक सवारी साधन व्यवसायीहरु बिच समन्वय बैठक बसि उक्त अवैध चेक पोइन्टहरु बन्द गर्ने निर्णण गरिएको हो ।

नियन्त्रणमा लिएको बिलमा रकम उल्लेख नगरी सवारी साधनहरुबाट रकम असुल्दै आएका थिए । नियन्त्रणमा लिएको बिलमा रकम उल्लेख नभएको भेटिएको हो । यसरी राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले कानून र नियमको धज्जी उडाउँदै विगत वर्षौदेखि सहयोग रकम भनेर विभिन्न साना तथा ठूला सवारी साधनबाट रकम असुल्दै आएको थियो । जसले गर्दा प्रत्येक्ष सवारी धनिहरु मारमा परेका थिए । अव भने चेक पोइन्ट बन्द भएपछि उक्त समस्या सदाका लागि अन्त्य भएको भन्दै सवारी धनिहरुले खुसि व्यक्त गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा रहेको चेक पोइन्टबाट पनि बिलबिजक नियन्त्रणमा लिने जानकारी दिए । उनले भने–।

जिल्लामा रहेका अवैध तवरले सेचालन गरिएका चेक पोइन्ट बन्द गर्ने निर्णयसंगै अव उक्त चेक पोइन्टबाट आवश्यक कार्वाही र अनुसन्धानको लागि बिलबिजग नियन्त्रणमा लिने काम सुरु भएकोछ । त्यसका लागि हामी कानुनी कार्वाहीको लागि अगाडि बढेका छौँ ।त्यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले निर्णय अटेर गरे तत्कालै कर्वाही अगाडि बढाइने बताए । उनले भने,–। ‘अवैध रुपमा संचालित चेक पोइन्ट बन्द गर्ने प्रहरी प्रमुखलाई पत्राचार गरिसकेका छाँै । ट्रक चालकलाई दुख दिने गरि कसैले अटेर गरे तत्कालै नियन्त्रणमा लिएर कार्वाही अगाडि बढाइनेछ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार