लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महराको दाबी पेस, आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी

शिवु खनाल २३ चैत्र २०८०, शुक्रबार लुम्बिनी

देउखरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् । उनले आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन्। दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए । फागुन २१ गते एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार संकटमा परेको थियो ।

नयाँ गठबन्धन बनेपछि चौधरीले गत फागुन २३ गते नेकपा (माओवादी केन्द्र)बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई बर्खास्त गरेका थिए । अर्थ र सहरी विकास मन्त्री रहेका दुवै जनालाई बर्खास्त गरेसँगै त्यहाँको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो । त्यससँगै मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए ।

यस्तोमा मुख्यमन्त्री चौधरीसँग विश्वासको मत लिने या राजीनामा दिने दुई विकल्प थिए । उनले संसद्को फेस नगरी पद त्यागेका हुन्। यसअघि बिहीबार नै लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका थिए ।

जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले पदबाट राजीनामा दिएसँगै चौधरीको संकट बढेको थियो । नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिएका थिए ।

२०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १९ गते विश्वासको मत लिएका थिए । चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार