विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने

उज्यालो प्रतिनिधि २३ चैत्र २०८०, शुक्रबार शिक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।

कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो । आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, “सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ ।”

महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ ।

विद्यालयले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोशाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

हाल कामपामा सामुदायिक र संस्थागत गरी करिब छ सय विद्यालय रहेका छन् । चालु आर्थिक वर्षमा कामपाले शिक्षाका लागि रु एक अर्ब ३२ करोड लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार