विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

उज्यालो प्रतिनिधि २२ चैत्र २०८०, बिहीबार समाचार

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो ।

गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताए । उनका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताए। अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार