रास्वपाको निर्वाचन सम्पर्क कार्यालय स्थापना

उज्यालो प्रतिनिधि २१ चैत्र २०८०, बुधबार समाचार

इलाम । इलाम– २ मा उपनिर्वाचनको सर्गर्मी बढ्न थालेसँगै राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । यसैक्रममा इलाम बजारको नगरपालिका नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ ।रास्वपाबाट उम्मेदवार रहेका मिलन लिम्बुले कार्यालयको उद्घाटन गर्दै, आमनागरिकले रास्वपाबाट धेरै आशा र अपेक्षा राखेकाले उनीहरुको गुनासो सुन्न, निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन कार्यालय स्थापना गरिएको बताए ।

उनले भने, ‘पुराना दलहरुको कार्यशैलीबाट आजित भएका मतदाता रास्वपाप्रति निकै उत्साहपूर्ण नजरले हेरी रहेका छन् । मतदाताको गुनासो सुन्नका लागि र पार्टीका अन्य गतिविधि अघि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

यसैगरी रास्वपाका उम्मेदवार लिम्बुले बुधबार इलामलाई आफ्नो कार्यक्षेत्र बनाई काम गरी रहेका पत्रकारहरुसँग पनि भेटघाट तथा अन्तरक्रिया गरेका छन् । पार्टीका काम तथा गतिविधिहरुलाई जनतासम्म पु¥याउन सञ्चार माध्यम र पत्रकारको अहंम भूमिका भएकाले आफ्नो कर्ममा निष्ठा पूर्वक लाग्नु आह्वान गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार