फिनल्याण्डको विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

उज्यालो प्रतिनिधि २० चैत्र २०८०, मंगलवार विश्व

हेलसिन्की । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलार्ई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो ।

गोलीकाण्ड पछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ ।

प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रहि सम्भव भए सम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सुचजनाजारी गरेको छ ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्यान्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार