झिनो अङ्कले घट्यो नेप्से परिसूचक

उज्यालो प्रतिनिधि २० चैत्र २०८०, मंगलवार अर्थ

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार