काठमाडौं फोटोग्राफर संघद्वारा चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि २० चैत्र २०८०, मंगलवार समाचार

सुरेश तिमल्सिना , काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा निर्माता , निर्देशक , अभिनेता तथा हास्यकलाकार जितु नेपाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै कार्यक्रम काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संन्चालन संघका सचिव रेशम राज पण्डितले गरेका थिए । कार्यक्रममा काठमाडौं तथा काठमाडौं बाहिर रहेका फोटोग्राफर संघको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । संघका उपाध्यक्ष आदन्द प्रभाकर घिमिरेले कार्यक्रममा उपस्थित सम्पुर्ण फोटोग्राफर तथा दर्शकलाई स्वागत गरेका थिए ।

काठमाडौं फोटोग्राफर संघ विगत लामो समयदेखि फोटोग्राफी सम्बन्धि पेशाले चिनिदै आएको छ । आज सम्पन्न भएको कार्यक्रम मार्फत अझै फोटोग्राफर बिचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन र आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्दै आफ्नो संघको निम्ति योगदान पुर्याउन र संघले गरेका हरेक गतिविधिहरुमा संस्थाका फोटोग्राफर सदस्यहरुलाई सहयोग गर्न समेत अध्यक्ष हरि प्रसाद घिमिरेले अनुरोध गरेका थिए । साथै उनले नजिकिदै गरेको नयाँ बर्ष मार्फत सबैको सफलता भएको सुन्न आफू सदा आत्तुर रहेको बताए ।

कार्यक्रममा संघका सल्लाहकार तथा वरिष्ठ सिनेमेटोग्राफर मन्जु कुमार श्रेष्ठले संघले गर्ने हरेक गतिविधिहरुमा निरन्तर साथ , सहयोग र सद्भाव व्यक्त गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने बाचा सहित शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका जितु नेपालले संघको नयाँ भित्तेपात्रो सार्वजनिक गरेका थिए । उनले संघको गतिविधिलाई बिगत लामो समयदेखि नियाल्दै आएको र आफु संघको काम देखेर खुशी रहेको बताए । साथै जितुले फोटोग्राफी पेशा निकै जटिल पेशा रहेतापनी आफ्नो पेशामा निरन्तर अडिग भएर लागिरहेका सम्पुर्ण फोटोग्राफरलाई आफुले सधैं सम्मान गरिरहेको बताए । काठमाडौं फोटोग्राफर संघको कार्यक्रममा आफू उपस्थित हुन पाउदा गौरवान्वित रहेको र संघको आगामी यात्रामा पनि सारथि बनेर लागिरहने बिश्वास दिलाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार