ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु

उज्यालो प्रतिनिधि १९ चैत्र २०८०, सोमबार विश्व

ब्रासिलिया (ब्राजिल) । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताएका छन् ।
गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपतकालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् ।जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर दुर्घटनाको कारण बारे स्पष्ट भइनसकेको बताएका छन् ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ ।बस चालक घटनास्थलबाट भागेको स्थानीय मिडियाले जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार