लुटपाटमा संलग्न दुई जना पक्राउ

उज्यालो प्रतिनिधि १८ चैत्र २०८०, आईतवार समाचार

काठमाडौँ   ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा  बूढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा नगद रु १८ हजार लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।

निजहरुलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार