नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

उज्यालो प्रतिनिधि १३ चैत्र २०८०, मंगलवार अर्थ

काठमाडौँ  ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दूई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार