आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

उज्यालो प्रतिनिधि १२ चैत्र २०८०, सोमबार खेल

काठमाडौँ  ।    नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ ।

आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा  ३७ रन बनाए

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे । गुल्सन झाले ४ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक÷ एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल बनाएको थियो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे । त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक /एक विकेट लिए । नेपालले आइरल्याण्डको ए विरुद्धको भोलि दोस्रो खेल खेल्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार